प्रधानमन्त्री ओली अस्पताल भर्ना



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए।

 

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको छ।

प्रतिक्रिया दिनुहोस्