बाबुरामले भने-आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्नु गल्ती थियो
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएका बताएका छन् । गोरखामा रहेका भट्टराईले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाड्नु गल्ती भएको भन्दै जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्विकारेर सच्याउन हिचकिचाउनु नहुने बताएका हुन् । कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत