होलीमा उछृङ्खल गतिविधि गर्ने ४० जना पक्राउ



कैलाली : कैलालीमा होली पर्व मनाउँदा उछृङ्खल गतिविधि गर्ने ४० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाभरबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले अमर्यादित क्रियाकलाप गरेकाले उनीहरूलाई पक्राउ गरिएको बताए । 

पक्राउ परेकाहरूलाई घटनाको गाम्भिर्यता हेरेर मुद्दा चलाउने वा आफन्तको जिम्मा लगाउने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्