दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २८ घाइते



दाङ : दाङको घोराही नगरपालिका १३ बाह्रकुने नजिकै बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बसका सहचालक रुन्टीगढि गाउँपालिका ७ बस्ने २२ वर्षका हर्कबहादुर पुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

तीव्र गतिका कारण बस सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्