प्रतिपक्षी दललाई विकासको राजनीति गर्न मन्त्री महासेठको आग्रह



जनकपुरधाम : सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले विकासको राजनीति गर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन् । शनिबार जनकपुरधाममा राधाकृष्ण सार्वजनिक पुस्तकालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले वर्तमान सरकार कुनै पार्टीको नभई जनताको भएकाले सरकारले गरिरहेका विकासमा सबैले सहयोग गर्न आग्रह गरे ।

उनले प्रतिपक्षी दललाई चुनावको आक्रोश त्यागेर विकासको राजनीति गर्न सुझाव दिए। बजेट ल्याउनु कुनै ठूलो कुरा होइन, बरु काम गर्नु ठूलो कुरा हो, मन्त्री महासेठले भने,‘सरकारले पनि तराई मधेशको विकासका लागि धेरै नै बजेट छुट्याएकाले ती कामहरू समयमै सम्पन्न हुन्छन्।’ उनले चाडै नै जनकपुरधाममा स्वास्थ्य बिज्ञान प्रतिष्ठान संघीय सरकारको मातहतमा रहने गरी निर्माण हुने जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्