सिमानाकामा चोरीका सामान सहित चोर पक्राउ



जनकपुरधाम : महोत्तरी प्रहरीले भिट्ठामोड सिमानाका हुँदै भारततर्फ गइरहेको एक चोर समूहलाई पक्राउ गरेको छ। शनिबार बिहान सीमा प्रहरी चौकी भिट्ठामोडका प्रमुख सई राम कार्कीको नेतृत्वमा चेकजाँचमा खटिएका प्रहरी टोलीले चोरीका सामान सहित चोरहरूलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ८ का २३ वर्षीय सलामत दर्जी, नशरा खातुन, वडा नं. ७ का २१ वर्षीय असरफ राईन र वडा नं. २३ का ३३ वर्षीय कमरान दर्जी रहेका छन्। पक्राउ परेकालाई हिरासतमा राखी चोरी मुद्दा लगाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्