अदालतले निलम्बित ६ प्रहरीलाई धरौटीमा छाड्यो 



कैलाली : जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ। 

तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र तत्कालीन इन्स्पेक्टर  एकेन्द्र खड्कालाई ९ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। अर्का इन्स्पेक्टर जगदीश भट्टसँग ४ लाख रुपैयाँ धरौटी मागेको छ। 

निलम्बित सइ हरिसिंह धामीसँग साढे ३ लाख, सइ रामसिंह धामीसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग साढे २ लाख धरौटी मागिएको छ। कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध मुद्दा दायर भए पनि अदालतमा ६ जना मात्र उपस्थित भए। 

तत्कालीन एसपी डिल्लीराज र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्