फिल्म ‘बोले चुडियाँ’ मा नवाजुद्दिन र मौनी



एजेन्सी : बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीसँग काम गर्न जुनसुकै नायिका पनि सजिलै तयार हुन्छन् । नवाजुद्दिनको प्रमुख भूमिका रहने आगामी फिल्म ‘बोले चुडियाँ’ मा उनको अपोजिट लिडमा कसलाई लिने निकै अन्योल भयो । सुरुमा फिल्ममा सोनाक्षी सिन्हा र श्रद्धा कपुरको चर्चा चलेको थियो।

अहिले लिड फिमेल रोलमा मौनी रायलाई फाइनल गरिएको छ। नवाजुद्दिनका भाइ सम्स नवाब सिद्धिकीको निर्देशन रहने फिल्ममा मौनी र नवाजुद्धिनको रोमान्स हेर्न पाइनेछ।

मौनीले यसमा गाउँले युवतीको भूमिका निर्वाह गरेकी छिन्। टेलिभिजनको दुनियाँमा चर्चित मौनीले अघिल्लो वर्ष अक्षयकुमारसँग ‘गोल्ड’बाट फिल्मी दुनियाँमा धमाकेदार इन्ट्री मारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्