‘सरकारको राम्राे काम व्यवहारमा देखिएन’



काठमाडौँ :  राष्ट्रिय सभाको आजको बैठकमा  सांसद शान्तिकुमारी अधिकारी जिसीले बागलुङ जिल्ला जलश्रोतको धनी भएको बताउँदै सम्भाव्यता अध्यन भइसकेको उत्तरगंगा जलाशययुक्त परियोजनाको  डिपिआर तयार गर्न ध्यानाकर्षण गराइन्।

यस्तै शून्य समयमा सांसद हरिचरण शिवाकोटीले सरकाले राम्रो काम गरेको भने पनि व्यवहारमा नदेखिएको बताए। मुलुक विखण्डनकारी अभियानमा लागेका सिके राउतसङ भएको ११ बुँदे समझदारीलाई प्रतिपक्षले स्वागत गरे पनि विभिन्न क्षेत्रबाट शङ्का उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने “सरकारले सबैतिर  राम्रो कामगर्दा पनि राम्रो काम भनिरहेका छैनन्, किन आफैभित्र यस्तो विवाद? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'  बैठकको शून्य समयमा दुई जना सांसदहरूले मात्र बोलेका थिए।  

 

प्रतिक्रिया दिनुहोस्