images

बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं : जर्मन क्लब बार्यन म्युनिखलाई ३–१ ले पराजित गर्दै इङ्लिस क्लब लिभरपुल च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति बार्यनको घरेलु मैदानमा भएको सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा साडियो मानेले २ गोल गरेपछि लिभरपुलले अन्तिम ८ को यात्रा पक्का गर्यो।

 लिभरपुलको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको २६ औं मिनेटमा भर्जिल भान डिकको पासलाई सदुपयोग गर्दै मालेले लिभरपुललाई अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा लिभरपुलका जोइल माटिपले आत्माघाति गोल गरेपछि खेल एक–एकको बराबरीमा पुगेको थियो।

६९ औं मिनेटमा जेम्स मिल्नरको कर्नरमा भान डिकले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। त्यस्तै ८४ औं मिनेटमा मानेले ब्याक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का गरे।

जितसँगै च्याम्पियन्स लिग क्वाटरफाइनलमा ४ इङ्लिस क्लब पुगेका छन्। सन् २००९ यता ४ वटा टिम अन्तिम आठमा पुगेको यो पहिलो पटक हो। यसपटक लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले अन्तिम ८ को यात्रा तय गरेका छन्। 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

साफका कारण चर्चामा विराटनगर 

साफका कारण चर्चामा विराटनगर 

विराटनगर : फुटबलको लामै इतिहास बोेकेको प्रदेश १ को अस्थायी राजधानी विराटनगर पछिल्लो समय पहिलो अन्तर्राष्ट्रिय..

फ्रान्सेली लिग : पीएसजीकाे सहज जित, पेनाल्टीमा चुक्याे एमबाप्पे

फ्रान्सेली लिग : पीएसजीकाे सहज जित, पेनाल्टीमा चुक्याे एमबाप्पे

एजेन्सी : फ्रान्सेली लिग अन्तर्गत आइबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । पीएसजीक..

लिभरपुलको संघर्षपूर्ण जित, शीर्ष स्थानमा उक्लियो

लिभरपुलको संघर्षपूर्ण जित, शीर्ष स्थानमा उक्लियो

एजेन्सी : प्रिमियरमा आइतबार राति लिभरपुलले फुलह्याममाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ। जितसँगै लिभरप..

मेस्सीको सानदार ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

मेस्सीको सानदार ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत आज बिहान भएको खेलमा शीर्ष स्थानको बार्सिलोनालो रियल बेटिसलाई उसैको मैदानमा ४..

नेपाल एक दिवसीय क्रिकेट वरियतामा यथावत्

नेपाल एक दिवसीय क्रिकेट वरियतामा यथावत्

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भए..

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा फाइनलमा प्रवेश

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा फाइनलमा प्रवेश

काठमाडौं : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश..