ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते



जनकपुरधामः मिथिला माध्यमिकी परिक्रमा मेलामा बेलुनमा हावा भर्ने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन् । महोत्तरीको भंगहा नगरपालिकास्थित कन्चनवनमा मिथिला माध्यमिकी परिक्रमा मेला लागेको छ ।

बिहीबार बिहानकोे सिलिन्डर विस्फोटमा महोत्तरी औरही नगरपालिका २ का ४० बर्से रामकरण कापर र गौशाला नगरपालिका १० का ६० बर्से  अमरुद्दिन लहेरी घाइते भएको बताइएको छ ।

मेलामा बैलुन बेच्दै आएका कापरले बिहान बैलुनमा ग्यास भर्ने क्रममा तातोपानीमा बारुद धेरै हालेपछि सिलिन्डर बिस्फोट भएको इलाका प्रहरी कार्यालय सितापुर भंगहाले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरी सहायक निरीक्षक झलक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्