images

निर्मला हत्या प्रकरण: तत्कालीन एसपी विष्टसहित आठजना प्रहरीमाथिको फैसला हुँदै

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
निर्मला हत्या प्रकरण: तत्कालीन एसपी विष्टसहित आठजना प्रहरीमाथिको फैसला हुँदै

कैलाली : बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए । तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस भएको हो ।

आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् । यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले पनि यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर अपराध स्विकार्न बाध्य पारेको थियो । ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए ।

प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा आठैजनाविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले पूर्वएसपी विष्ट र सिआइबीका डिएसपी अंगुर जिसीबाहेक सबै प्रहरी अधिकृत र कर्मचारीलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको बताए । अदालतले विष्ट र जिसीका नाममा पनि पत्र काटेको छ । स्रेस्तेदार अवस्थीले विष्ट र जिसीका नाममा ३५ दिनभित्र आदालतमा उपस्थित हुन पत्र काटेको बताए ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

डडेलधुरा दुर्घटना अपडेट : एक जनाको मृत्यु, १२ घाइते

डडेलधुरा दुर्घटना अपडेट : एक जनाको मृत्यु, १२ घाइते

कैलाली : डडेलधुरामा भएको माइक्रो बस दुर्घटनामा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गा..

मन्त्री भन्नै लाज भएको छ, सरकार हैन समिति भनौं : आन्तरिक मामिलामन्त्री शाह

मन्त्री भन्नै लाज भएको छ, सरकार हैन समिति भनौं : आन्तरिक मामिलामन्त्री शाह

कैलाली : सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले संघीय सरकारविरुद्ध आक्रोश व्यक्..

डडेलधुरामा हायस दुर्घटना, १३ जना घाइते, ३ सिकिस्त

डडेलधुरामा हायस दुर्घटना, १३ जना घाइते, ३ सिकिस्त

कैलाली : डडेल्धुरामा हाएस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। तीमध्ये ३ जना सिकिस्त रहेको जिल्ला प्रहरी कार्..

‘लोकमार्ग विधेयक २०७५’ प्रदेशसभामा दर्ता गर्न मन्त्रिपरिषद्को स्वीकृति

‘लोकमार्ग विधेयक २०७५’ प्रदेशसभामा दर्ता गर्न मन्त्रिपरिषद्को स्वीकृति

कैलाली : सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ‘प्रदेश लोकमार्ग विधेयक २०७५’ प्रद..

मुख्यमन्त्री कपबारे के भने डीपीएल जन्मदाता सुवास शाहीले?

मुख्यमन्त्री कपबारे के भने डीपीएल जन्मदाता सुवास शाहीले?

कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप भइरहँदा खेलमैदानमा दर्शकको खासै उपस्थिती थि..

जलकुम्भीले ताल कुरुप हुँदा पर्यटक आवागमनमा कमी

जलकुम्भीले ताल कुरुप हुँदा पर्यटक आवागमनमा कमी

कैलाली : धनगढी उप–महानगरपालिका ७ देहवरीयास्थित जाखोर तालमा पर्यटक आवागमनमा कमी आएको छ । तालमा जलकुम्भी भ..