images

म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता

ध्रुवसागर शर्मा | प्रकाशित: २०७५-११-२९ गते
म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता

म्याग्दी : म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडा निवासी अन्दाजी १५ वर्षीय हेमचन्द्र गर्वुजा मगर बेनीको मंगलाघाटस्थित मंगलाघाट–बगरफाँट जोड्ने झोलुङ्गे पुल मुनी म्याग्दी नदीमा पौडी खेल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार अपराह्न ४ बजे विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गर्बुजासहित उनका तीन जना साथीहरू म्याग्दी नदिमा पौडी खेल्न गएका थिए । बेपत्ता भएका गर्बुजाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेनी नगरपालिकास्थित सामुदायिक माविमा कक्षा ९ मा अध्ययनरत गबुर्जा मंगलाघाटमा आफन्तसँग डेरामा बस्दै आएका थिए ।

कक्षा ९ मा अध्ययनरत गर्बुजासंगै नदिमा पौडी खेल्न पसेका बेनी नगरपालिका ७ महारानीथान बस्दै आएका निल प्रसाद छन्त्याललाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

ध्रुवसागर शर्मा

म्याग्दी संवाददाता

images
images
सम्बन्धित समाचार

बाँदरको आक्रमणबाट एक महिला घाइते

बाँदरको आक्रमणबाट एक महिला घाइते

गोरखा : गोरखामा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। गोरखा जिल्लाको गण्डकी गाउँपालिका–४ स्थित फुजेलकी..

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

म्याग्दीः ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा संचालि..

हेर्दै जाउँ जाउँ लाग्ने झाँक्रीपानी 

हेर्दै जाउँ जाउँ लाग्ने झाँक्रीपानी 

म्याग्दी : उत्तरतर्फ मुस्कुराएजस्तो देखिने हिमालका लहर, सूर्योदय र सूर्यास्त, दक्षिण र पूर्वतर्फ ठुल्ठूला पहाड..

कालिगण्डकी कोरिडाेरले गति लिँदै, बेनी–जोमसोममा ४० प्रतिशत प्रगति

कालिगण्डकी कोरिडाेरले गति लिँदै, बेनी–जोमसोममा ४० प्रतिशत प्रगति

म्याग्दी ः पारवहन र व्यापारिक हिसाबले महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको..

विप्लवको जिल्ला कमिटी नै नेकपामा विलय

विप्लवको जिल्ला कमिटी नै नेकपामा विलय

काठमाडाैं : विप्लव नेतृत्वको नेकपा लमजुङ जिल्ला कमिटी नै सत्तारुढ नेकपामा विलय भएको छ। अध्यक्षसहित सम्पूर्ण जि..

गण्डकी प्रदेशको उद्धरणिय काम : प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

गण्डकी प्रदेशको उद्धरणिय काम : प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

गलेश्वर : म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही..