काठमाडाैं : अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारीमार्फत वैदेशिक लगानी भित्र्याउन सरकार सकारात्मक रहेको बताएका छन्।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८ औ वार्षिक उत्सवमा अर्थमन्त्री खतिवडाले कृषि सहकारीमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै साना किसानका आयस्तर माथि उठाउन आवश्यक पर्ने ठूलो लगानीका लागि सरकारको पहल र निगरानीमा लगानी भित्राउन सकारात्मक रहको बताएका हुन्।
सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहने भन्दै सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने बताए।