स्विजरल्याण्डले स्मार्टफोनको लत छुटाउने मोबाइल फोन बनायो



एजेन्सी : ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएपछि फिचर फोनहरु बजारबाट हराएको छ । स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध रहेका छन् । अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्याको कमी छैन ।

यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने त्यो सबैभन्दा उत्कृष्ट फोन बन्थ्यो होला । मोबाइल प्रयोगकर्ताको यही चाहनालाई ध्यानमा राख्दै स्विजरल्याण्डको मोबाइल निर्माता कम्पनी एगलपतले यस्तै गज्जबको मोबाइल फोन ल्याएको छ ।

बढि स्मार्टफोन चलाउने मान्छेको लतलाई छुट्याउनको लागि फिचर फोनको प्रयोग गर्न सकिन्छ ।  यो मोबाइल फोन कालो रङमा उपलब्ध रहेको छ । यस मोबाइल फोनमा धेरै स्मार्ट फिचरहरु पनि रहेका छन् । प्राविधिक रुपमा यो फोन निकै एडभान्स्ड रहेको छ । यसमा क्वालकोम स्नापड्रागन २१० प्रोसेसर सँगै १६ जिबीको इन्टरनल स्टोरेज र २ जिबीको याम रहेको छ । यसमा एन्ड्रोइड एओएसपी ८.१ अपरेटिंग सिस्टम रहेको छ ।

यस मोबाइल फोनले फोर जी नेटवर्कलाई सपोर्ट गर्छ । यसमा युएसबी टाइप सी कनेक्टरसँगै युएसबी २.० पोर्ट समेत रहेको छ । यस फोनले अंग्रेजी, हिन्दी, फ्रेन्च, जर्मन, चिनिया लगायतका विभिन्न १७ वटा भाषालाई सपोर्ट गर्छ । साथै यसमा विभिन्न खालका आधुनिक भाषा सम्बद्ध अप्सनहरु पनि राखिएको छ ।  

यस फोनमा १२८० मिली एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो ब्याट्री पूरा चार्ज हुन साढे २ घण्टाको समय लाग्छ । सामान्य रुपमा प्रयोग गरिरहेको अवस्थामा एकपटक पूरा चार्ज गरेको ब्याट्रीको चार्ज साढे १२ घण्टा सम्म टिक्छ । फूल चार्ज गरेको ब्याट्रीबाट लगाचार ४ घण्टा २० मिनेट सम्म फोनमा कुरा गर्न मिल्छ ।  

प्रतिक्रिया दिनुहोस्