एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।
पार्टीको दशौं महाधिवेशन स्थल प्रज्ञा भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता घनश्याम भुसालले भने, ‘यो सरकारलाई समर्थन बर्कारार राख्छौँ । प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ । यदि अन्तिमसम्म लिनेगरी जानुभयो भने हामी विश्वासको मत दिन्छौँ ।’

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु सदनमा विश्वासको मतको सामना गर्ने बताएका छन् । एमालेले भने राजीनामा दिन आग्रह मात्रै गरेको छैन, दीर्घकालीन असर पर्ने निर्णय नलिन भनेको छ ।

एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गर्दै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्