राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन ‘प्रचण्ड’लाई एमालेको आग्रह



काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न अनुरोध गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै महासचिव शंकर पोखरेलले अहिले सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका छन् ।

संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन नेकपा एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण  गरेकाे छ । ‘साथै, राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्