नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो ।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्यमा सत्ता साझेदारी गर्ने सहमति गरेको छ । सोही सहमतिबमोजिम नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्