जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने



काठमाडौँ । नयाँ सत्ता समीकरणका निम्ति नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीबिच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले समर्थन गर्ने भएको छ ।

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने जसपाका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठुला दुई दलबिच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

महासचिव राईले भने, ‘परिवर्तित राजनीतिक घटना क्रमानुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरूप पार्टी अगाडि बढ्नेछ ।’

जसपाले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्