‘कल्की २८९८ एडी’ हिट, ७ दिनमै ७ सय करोड कमायो



काठमाडौँ । भारतीय फिल्म ‘कल्कि २८९८’ ले भारतमा मात्र नभएर विदेशमा पनि निकै चर्चा मच्चाएको छ । प्रभासको फिल्मप्रति फ्यानको क्रेज प्रस्टै देखिन्छ । ‘कल्कि २८९८’ ले  भारत तथा अन्य देशमा राम्रो व्यापार गरिरहेको छ । हरेक दिन प्रभासको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको देखिन्छ । यसैबिच चलचित्रले सातौँ दिनमा कति कमाई सार्वजनिक गरेको छ ।

फिल्ममा प्रभास भन्दा अमिताभ बच्चनको कामको तारिफ भइरहेको छ ।। दीपिका पादुकोणको कामको पनि निकै तारिफ भइरहेको छ । कमल हासनले आफ्नो सानो भूमिकाबाट मानिसको मनमा गहिरो प्रभाव पारेका छन् ।

सकनिल्कको पछिल्लो रिपोर्ट अनुसार ‘कल्की २८९८ एडी’ ले रिलिजको सातौँ दिन भारतको बक्स अफिसमा २३.२ करोड भारुको व्यापार गरेको छ । जुन मङ्गलवारको तुलनामा केही कम हो । भारतमा यो फिल्मको हालसम्म कुल कलेक्सन ३९३.४ करोड भारु पुगेको छ । सबै भाषाको कुरा गर्ने हो भने अहिलेसम्म तेलुगुमा २०२.८ करोड, हिन्दीमा १५२ करोड, तमिलमा २२.१ करोड, कन्नडमा २.६ करोड र मलायालममा १३.४ करोड भारु को व्यापार भएको छ। विश्वभर ‘कल्कि २८९८ एडी’ ले ७ दिनमै ७ सय करोड भारु कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्