प्रधानमन्त्रीलाई राजीनामा दिन काँग्रेसको आग्रह



काठमाडौँ । नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र काँग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।

बैठकपछि काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्