युरोप र अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ



काठमाडौँ । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन् । उनीहरूलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ५ दिनअघि मात्रै दर्ता नै नगरी जेडी नामको मनेपावर खोलेर अस्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको प्रहरीले जनाएको छ ।  उनीहरूले रामग्राम नगरपालिका-५ बाइपासमा मेनपावरको अफिस खडा गरेका थिए । पक्राउ परेकाहरूलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्