धर्मसंकटमा नेपाल ओलीलाई प्रधानमन्त्री मान्ने कि सरकारबाहिरै बस्ने ?



माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा निवास बुढानीलकण्ठ पुगेर नेपालले गरेको भेटवार्तामा पछिल्लो राजनीतिक विकास क्रमबारे छलफल भएको हो ।

सभापति देउवाले नेपाली काँग्रेस र नेकपा एमालेबिच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै नयाँ गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका छन् ।

अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए । देउवाको प्रस्तावलाई स्वीकार गर्दा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्विकारेर जानुपर्नेछ भने ओलीलाई प्रधानमन्त्री स्वीकार नगरे सरकारबाहिर बस्नुपर्नेछ ।

यसअघि ओलीविरुद्ध उत्रिएर अध्यक्ष नेपालले एमाले विभाजन गर्दै एकीकृत समाजवादी पार्टी बनाएका थिए । आफूले विभाजन गरेको पार्टीकै अध्यक्षलाई प्रधानमन्त्री मान्ने कि सरकारबाहिरै बस्नेमा अध्यक्ष नेपाल धर्मसंकटमा परेका छन् । काँग्रेस र एमालेबिच अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर नयाँ सरकार बनाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्