आजको दिन शिवको आराधनाका लागि विशेष 



काठमाडौँ । यो वर्ष आषाढ महिनाले धेरै संयोग ल्याएको छ । यस महिनामा बुद्ध प्रदोष व्रतसँगै मासिक शिवरात्रि पनि पर्दछ । प्रदोष व्रतलाई भगवान शिवको आराधनाका लागि विशेष मानिन्छ । प्रत्येक महिनाको शुक्ल पक्ष र कृष्ण पक्षको त्रयोदशी तिथिमा महिलाले प्रदोष व्रत बस्ने गर्दछन् ।

हिन्दु धर्ममा प्रदोष व्रतको समयमा भगवान भोलेनाथको पूजा आराधना गरिन्छ । प्रदोष व्रत गर्नाले जीवनका सबै प्रकारका दुःखबाट मुक्ति मिल्ने जनविश्वास छ । यसका साथै घरमा सुख९शान्ति आउँछ। जसले प्रदोष व्रतलाई अनुष्ठान अनुसार पालन गर्दछ, भगवान भोलेनाथको आशीर्वाद सदैव रहन्छ।

पञ्चाङका अनुसार त्रयोदशी तिथी असार १९ गते बिहान प्रारम्भ भई असार २० गते बिहान समापन हुनेछ । प्रदोष अवधिमा शिवको पूजा गरिन्छ।

प्रदोष व्रतको महत्त्व

प्रदोष व्रतमा भक्तिपूर्वक अन्न, धन, वस्त्र दान गर्नाले व्यक्तिको जीवन सुखी रहनुका साथै घरमा सुख शान्ति आउने धार्मिक विश्वास छ । यस दिन पूजा गर्दा काल भैरव ताण्डव स्तोत्रको पाठ गर्नुपर्छ । यसले जीवनमा व्याप्त सबै प्रकारका दुःख र कष्टबाट मुक्ति प्रदान गर्दछ। यसका साथसाथै घरमा खुसीको आगमन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्