ढुङ्गा खसेर नारायणगढ–मुग्लिङ सडक अवरुद्ध



काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक ढुङ्गा खसेर एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक दुईतर्फी खुलाउनका लागि लोडर मशिन पहिरोतर्फ पठाइएको र करिब १ घण्टामा सडक दुईतर्फी सञ्चालन हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्