काँग्रेसले बोलायो विपक्षी दलहरूको बैठक



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । काँग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका  हुने छन् ।  काँग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्