प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शीतल निवास पुगेका हुन् ।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्