वर्षाले जनकपुरधाम जलमग्न



काठमाडौँ । मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ । वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । सो ठाउँमा सडकमा आधा पानी जमेको छ ।

जनकपुरधाम केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी जमेको छ । जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा डेढ फिट गहिरो पानी जमेको छ ।

जनकपुर डुबान हुँदा जनजीवन प्रभावित भएको छ । नालाहरू जाम हुनुका साथै उपयुक्त डिजाइन नगरी निर्माण भएका सडक तथा नालाको कारण जनकपुरधाममा पानी निकासमा समस्या छ ।

प्रतिक्रिया दिनुहोस्