देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौँ । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने लागेको हो ।बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

काँग्रेस–एमालेबिच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रूप दिन भने बाँकी छ ।समझदारी पत्रलाई आज अन्तिम रूप दिएर दुवै दलका शीर्ष नेताहरूले हस्ताक्षर गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्