वैदेशिक रोजगार विभाग जाने बाटोमा शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्छ : प्रभु शाह



काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रभु शाहले काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभागको जाने बाटोमा शान्तिपूर्ण आन्दोलन गर्ने  नदिएको भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । सरकारले  काठमाडौँ उपत्यकाका विभिन्न  ठाउँका तोकिएको निषेधित क्षेत्रलाई तोड्दै लिए पनि सो ठाउँमा भने आन्दोलन गर्ने नदिएको भन्दै शाहले सरकारको धारणाको माग गरेका हुन् ।

सोही ठाउँमा आइटी सम्बन्धी केही मानिसहरूले विगत १५ दिन देखि विरोधका कार्यक्रम गर्दै आएका छन् । तर प्रहरी सो ठाउँमा जान भने दिएको छैन ।  उनले सरकारलाई यदि त्यो ठाउँ निषेधित क्षेत्र भए भन्नुपर्ने र नभए स्वतन्त्र तरिकाले आन्दोलन गर्ने दिनुपर्ने बताए । साथै उनले सरकार सो विषयमा प्रतिक्रिया विहीन रहेको बताएका हुन् । उनले  अहिलेको सरकार जनताको पक्षमा नभएर ठगहरूको लागि काम गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्