तत्काल सत्ता समीकरण फेरीदैँन : सापकोटा



काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ठुला दलका शीर्ष नेताहरूबिच संवाद हुनु सकारात्मक रहेको बताए ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले पछिल्लो दुई दिन जतिका समाचारहरू र राजनीतिक घटनाक्रम नियाल्दा सिसैँ राजनीति तरङ्गित भए जस्तो देखिएको बताए ।

उनले भने, ‘तुरुन्तै दुई जना नेताहरू बस्ने बित्तिकै पुरै सत्ताको समीकरण उलटफेर हुने, समीकरण नै बदलिने परिस्थितिको जे भाष्य बनाउने, यथार्थ विश्लेषण बिना नै चाँडै निष्कर्षमा पुग्ने जे परिपाटी छ, यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन । र सबै घटनाक्रम जोडेर हेर्दा त्यसमा सत्यता छ जस्तो पनि मलाई लाग्दैन । ’

उनले शीर्ष भेटमा देशको अर्थतन्त्र, मुलुकका समग्र विषयमा छलफल हुनुपर्ने बताए ।जोडदार रूपमा आफ्ना अडान राख्ने र परि आउँदा एक ठाउँमा उभिने नेपाली संस्कार रहेको उल्लेख गर्दै उनले मुलुकका साझा विषयमा शीर्ष नेताहरूबिच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्