संसद्‌मा ज्ञानेन्द्र शाहीले सुनाए कविता



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ठुला राजनीतिक दललाई व्यङ्ग्य गरेर संसद्‌मा कविता सुनाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्ने क्रममा उनले कविता सुनाएका हुन् ।

उनले सुनाएको कविता यस्तो छ :

एउटा कुटे जस्तो गर्छौ
एउटा रोए जस्तो गर्छौ
एउटा घचेटे जस्तो गर्छ
अर्को अलि पर सर्छ
तिमी हाम्रो हात काट्छौ
र चम्चाले खुवाउँछौ
दिउँसो कम्मल बाँध्छौ
राति घरमा आगो लगाउँछौ
तिम्रो सक्कली अनुहारबाट
हामी बेखबर
आँखा चिम्लेर तिम्रो जयजयकार गर्छौँ
र त हामी दुःख पाउँछौँ
यी सब तिम्रा नाटक हुन्
हामीलाई थाहा छ तिमीहरू
आपसमा मिलेर अवसरको साझेदारी गर्छौ

प्रतिक्रिया दिनुहोस्