झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन, इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान 



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालन गर्न झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्र आजदेखि सुरु हुँदै छ ।बन्दसत्र सञ्चालनका निम्ति खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।

उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी र उपमहासचिव डा। गङ्गालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युुट कमिटी गठन गरिएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने  छ ।

आइतबार (हिजो)देखि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । नेतृत्वका निम्ति अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने  देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्