प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता



प्रचण्ड र ओलीबि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो ।

सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो ।

शनिवार अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्