नाउपाले रन्जितालाई संसदीय दलको नेताबाट हटायो



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएको छ । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गङ्गाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद् सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।

दल नेतामा चयन भएका गङ्गा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई सोमबार जानकारी गराइने जानकारी दिएका छन् । गत फागुनमा सङ्घमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।

श्रेष्ठ नयाँ समीकरणलाई सघाउने र चौधरी काँग्रेससहितको समीकरणको पक्षमा उभिएका थिए । सोही विवादकाबीच श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् । विवादकै कारण सुदूरपश्चिममा समेत प्रदेश सभा सदस्यहरू विभाजित छन् ।

प्रतिक्रिया दिनुहोस्