सेमिफाइनल प्रवेश गर्न अर्जेन्टिनालाई इक्वेडरको चुनौती



काठमाडौँ। साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गर्न इक्वेडरको सामना गर्ने भएको छ।

सोमबार बिहान सम्पन्न खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिँदै समूह बी को उपविजेताको रुपमा इक्वेडर अन्तिम आठमा पुगेको हो ।

इक्वेडर पहिलो खेलमा भेनेजुएलासँग २–१ गोलअन्तरले पराजित भएको थियो। यस्तै, जमौकालाई भने ३–१ गोलअन्तरले पराजित गरेको थियो।

अर्जेन्टिना समूह ए को विजेता हो। अर्जेन्टिनाले क्यान्डालई २–०, चिलीलाई १–० र पेरुलाई २–० गोलअन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्