पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकलाई आज अदालतमा पेस गरिँदै



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई म्याद थपका लागि आज अदालत पेस गरिँदै छ । गत शुक्रवार पक्राउ परेका थापा विरुद्ध अदालतमा आज थुनछेक बहस हुन लागेको हो ।

उनलाई हिजो अदालत पेस गरिए पनि समय अभावका कारण बहस हुन सकेको थिएन । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेको छ । उनी विरुद्ध ठगी, सङ्गठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ ।

बुबा रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । प्रतीक थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्