आर्थिक विधेयक २०८१ बहुमतले पारित



parliyament

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले विधेयकलाई निर्माणार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि नेपाली काँग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्