संविधानको रक्षाका लागि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण आवश्यक : देउवा 



काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन् । देउवाले आइतबार नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

देउवाले एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा  महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेन्डा रहेको बताए ।  देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको उल्लेख गरे ।

उनले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्