महिनाको १५ दिन तारे होटल जाने नेताले समाजवाद ल्याउन सक्दैनन् : सीके राउत



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौँमा नेकपा ९एकीकृत समाजवादी० को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी समाजवादका कुरा गर्दछौँ । म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने ।’

उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने समेत बताए ।

उनले भने, ‘जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महँगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो की होइन ।’

उनले भने, ‘म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको सङ्ख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो की होइन । म आफ्नो छोराछोरीलाई महँगो बोर्डिङ स्कुलमा भर्ना गर्दछौँ, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो की होइन ।’

प्रतिक्रिया दिनुहोस्