घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते



बैतडी । बैतडीमा घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्थानीय ७ वर्षीया निकिता चन्द र ७ वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
ढुङ्गा बोक्दै गरेको ट्याक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ ।

ट्यायाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्यायाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको ।

प्रतिक्रिया दिनुहोस्