नाइजेरियामा आत्मघाती हमला, १८ जनाको मृत्यु, १९ घाइते



नाइजेरिया

काठमाडौँ । नाइजेरिया आत्मघाती हमलामा परि १८ जनाको मृत्यु भएको छ । एकपछि अर्को गर्दै आएका यी आत्मघाती हमलामा १८ जनाको मृत्यु भएको छ भने १९ जनाभन्दा बढी घाइते भएका छन् ।। पहिलो हमला उत्तर पूर्वी राज्य बोर्नोमा भएको थियो। यसै क्रममा दोस्रो आत्मघाती हमला क्यामरुनको सीमा क्षेत्रमा भएको थियो । यस हमलामा १९ जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए । जसमध्ये १९ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

एजेन्सीले महिला आत्मघाती आक्रमणकारीको आशङ्का गरेको छ। राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका महानिर्देशक बारकिन्डो साइदुले संदिग्ध आत्मघाती हमलाकारीले विभिन्न ठाउँमा शृङ्खलाबद्ध आक्रमण गरेको बताएका छन्। आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह, अन्त्येष्टि र अस्पतालमा आक्रमण गरेका थिए।

यसबाट धेरैको ज्यान गएको छ भने धेरै घाइते भएका छन् । मृत्यु हुनेमा गर्भवती महिला र बालबालिका समेत रहेको उनले बताए । अर्कोतर्फ, ग्वोजामा सेनालाई समर्थन गर्ने मिलिशियाका एक सदस्यले भने कि एक सुरक्षा चौकीमा पनि हमला भएको थियो । यस हमलामा उनका दुई साथी र एक सैनिकको पनि मृत्यु भएको थियो। यद्यपी अहिलेसम्म कुनै पनि आतङ्कवादी सङ्गठनले आक्रमणको जिम्मेवारी लिएको छैन ।

नाइजेरियाको बोर्नो सबैभन्दा धेरै आतङ्कवादी समूह सक्रिय रहेको क्षेत्र हो। बोको हराम र यसबाट अलग भएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्त समूह धेरै सक्रिय छन्। आक्रमण बोको हरामले गराएको आशङ्का गरिएको छ । बोको हरामले इस्लामिक स्टेटसँग हात मिलाएर नाइजेरियामा आतङ्कवादको दायरा विस्तार गरेको छ । बोको हरामले हालसम्म हजारौँ मानिसको निर्ममतापूर्वक हत्या गरिसकेको छ । बोको हराम एक धेरै खतरनाक आतङ्कवादी सङ्गठन हो

प्रतिक्रिया दिनुहोस्