बुमराह टी-२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी



जस्प्रित बुमराह

काठमाडौँ । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शनका साथ १५ विकेट लिएका हुन् ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बङ्गलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २/२ विकेट लिएका थिए ।

अफगानिस्तान र पाकिस्तानसँग ३/३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए । भारतले शनिवार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी-२० विश्वकप उपाधि जितेको थियो ।

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्