![accident](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/05/accident-2.png?fit=1280%2C720&ssl=1)
डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको हो ।
सायल –४ डौडमा भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस