सहमतिमै नेतृत्व टुङ्गियोस् भन्ने कार्यकर्ताको चाहना छ : नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको बताएका छन् । शनिवार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुङ्गिनुपर्ने बताए ।

 अध्यक्ष नेपालले भने, ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्‍यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठनात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रूपमा चार वटै दस्ताबेज पारित पनि भएका छन् । सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्तामा उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस् र नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’

उनले देशको मात्र नभएर विश्वको ध्यान आफ्नो पार्टीको दसौँ महाधिवेशनतर्फ आकर्षित भएको जिकिर गरे । उनले भने, ‘नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने हामीले अघि बढाइरहेका छौँ । कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशन कोशेढुंगा बनेर चर्चाको विषय बनिरहेनछ ।’

प्रतिक्रिया दिनुहोस्