लालीगुराँ‍‍स सहकारीका सीईओ पक्राउ



काठमाडौँ । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई शुक्रवार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको विशालनगरबाट पक्राउ गरेको  हो ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्