१ हजार ५ सय ६२ किलो ५ सय ग्राम गाँजा बरामद



काठमाडौँ । मोरङ, धनपालथान गाउँपालिका९७ बस्ने ३० वर्षीय राजकुमार सिंहको गोठबाट अवैध लागू औषध गाँजा १ हजार ५ सय ४८ किलोग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । सिंहको गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ४१ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । साथै गोठधनी सिंहलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, गल्छी गाउँपालिका९७ छाडेस्थित सडकबाट अवैध लागु औषध गाँजा १४ किलो ५ सय ग्राम बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीलाई देख्नासाथ बा।प्र।०२९०२८ प ७९२८ नम्बरको मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना व्यक्तिहरू मोटरसाइकल र जेब्रा झोला छाडी फरार भएपश्‍चात प्रहरीले झोलाबाट उक्त गाँजा बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्