भन्सार छली लैजान लागेको सुन जस्तो देखिने पहेँलो धातुसहित तीन जना पक्राउ



काठमाडौँ । भन्सार छली गरी अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौँ तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् ।

कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौँ आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छली गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रूपमा सङ्कलन गरी लैजानलागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्