रवि लामिछानेले मुकुललाई सोधे स्पष्टीकरण



काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेका छन् ।

सभापति रवि लामिछानेले ढकाललाई पार्टीको अनुशासन भङ्ग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रवार अपराह्न स्पष्टीकरण पत्र थमाएका हुन् ।

ढकालले भने आफूलाई लामिछानेबाहेक अरूले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन् ।

३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्