दुग्ध किसानहरूले सरकार भिख होइन, पसिनाको मूल्य मागेका हुन् : बाँस्कोटा



काठमाडौँ ।  सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभई पसिनाको मूल्य माग गरेको बताएका छन् ।  आज बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको बताए । उनले दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए ।

 बाँसकोटाले  दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जबाफदेहिता नभएको बताए ।  लम्पी स्किनलाई लिएर अर्बौँको क्षति हुँदा समेत किसानहरूले बिमाको रकम लगायत गाईको मूल्य नपाएको समेत बाँस्कोटाले बताए । उनले सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गरे । ।

प्रतिक्रिया दिनुहोस्